मानव तस्करीको सिकारमा कर्मठ युवा...
‘धन भनेपछी महादेवको ३ नेत्र’ निकै नै प्रख्यात यस उखानमा के नै छ र जस्तो लाग्थ्यो तर महादेव भनेको एक यस्ता पात्र हुन जसको लोभ, मोह सबै त्यागेर सन्त भएका शरीरमा खरानी घस्ने भाङ र धतुरो को नशामा डुब्ने त्यस्ता सन्त पनि धन देखे तेश्रो नेत्रकै प्रयोग गर्छन भने हामी त मानव जाती । महादेवको यथार्थता होला नहोला काल्पनिक पात्रको नाममा बनाइएको यस उखानमा भएको विम्व चाहिँ यथार्थ नै हो ।
सृष्टीको सर्वश्रेष्ठ प्राणी मानिस जसमा चेतना, विवेक, काल्पनिकता आदि किसिमको पक्षले गर्दा सर्वश्रेष्ठ प्राणी मानिएको हो भनि वाल्यकाल देखि रट्दै आएको कुरा कतै फेल त भएन ? मानव जातीले जति पनी प्रगति गरेको छ सवै स्वार्थको लागि रहेको जस्तो भान हुन्छ । ढुङ्गे युगदेखि आजको विज्ञान र प्रविधिको अवस्था सम्म आउदा मानिसको वुद्धि र विवेकमा स्वार्थ र लालचले एक रत्ती पनि परिवर्तन ल्याउन सकेको जस्तो लाग्दैन । माया, दया, सहयोगी भाव, सहकार्य र अरुको आत्मसम्मान गर्ने भावनाको विकास हुनत कता कता उल्टो नकारात्मक पक्षको विकास भएको भान भैरहेको छ।
प्रशंग मानव तस्करी तथा मानविय श्रमको किनवेच र नेपालको अवस्थाको, नेपाल विश्वको सुन्दर देश तर सुन्दरता नेपालीले गर्दा भने चाँही अवश्य हैन, अधिकतम प्राकृतिक श्रोतले गर्दा नै सुन्दर देशमा गनिएको हो । www.google.com मा Search गर्दा समेत पर्यटकीय स्थलमा नेपाल भेटिनुले गर्भ गर्ने ठाँउ रहेको छ । नेपालमा मानव किनवेच तथा मानविय भावनालाई आर्थिक पक्ष सँग तुलना गर्ने प्रचलन अहिले भने विकास भएको होइन परापुर्वकाल देखिनै चलिआएको यस कुरालाई मैले किन उजागर गर्न खोजेको हो भने आजको यस प्रविधिको युगमा विश्वले मारेको छलाङ र विश्वमा नारामा घन्कीएको स्वतन्त्रताको अगाडी हाम्रो देशमा सम्पुर्ण ब्यक्ति कुनै न कुनै रुपमा मानव तस्करीको सिकार वनेकै छ । एकचोटी विचार गर्नुस् त तपाई पनि कुन स्वार्थको लागि कहाँ निर किनमेलको सिकार हुनु भएको छ ???? तराईमा अहिले पनि दाइजो को निहुमा छोराको मोलमोलाई गर्ने बावुआमा र छोराको उच्चतम् मुल्य निर्धारणका लागि अनिवार्य इन्जिनियर, डाक्टर तथा लोकसेवा आयोगवाट सरकारी अफिसर चाहे जे भएपनि जन्मने वित्तिकै खसीवोका सरह यो कत्रो खसी वनाउने र कति मुल्य गर्ने भनेझैँ छोराको व्यापारमा बावुआमा तथा छोरीलाई सबैभन्दा धेरै दाइजो दिएर जुवाँइँ किनेर समाजमा प्रतिष्ठा कमाउने दाउमा लाग्ने छोरीका बावु सवै मानव तस्करका नाइके हुन् । यस किसिमको परिपार्टीमा भ्रष्टाचार नभएर के हुन्छ त अनि यस किसिमको समाजमा सामाजिकिकरण भै आएको व्यक्ति सरकारी कर्मचारी, इन्जिनियर, डाक्टर हुँदा हामीले देशको विकासको अपेक्षा गर्नु भनेको ‘बाँदरको हातमा नरिवल’ भनेझैँ हो । राजनैतिक पक्ष पनि यसवाट अछुतो छैन राजनीति गर्ने व्यक्ति तथा तराइ क्षेत्रका मन्त्रिहरु सम्पति विवरण वुझाउदा श्रीमतीको दाइजो भनेर किलो को किलो सुन, करोडौँ पर्ने घरघडेरी देखाउन समेत लाज पचाउने गद्दारहरुवाट हामी के अपेक्षा राख्ने । यिनिहरु नाङ्गो नाच नाचीरहेछन् हामी थपडी मारिरहेको अवस्था छ । तराइका मात्र किन पहाडे भ्रष्टहरु पनि कम छैनन् श्रीमतीको पेवाको नाममा किलोको किलो सुन र अचल सम्पती विवरण वुझाउने तर हामी यिनैको पछी लागिरहेछौ । चुनाव हुन्छ उमेद्वार सवै चोर, गुण्डा, दलाल भन्दा फरक कोही हुँदैन । सभ्य र असल नागरिक आज पनि राजनैतिक क्षेत्रमा पस्न घिन मान्छ अनि वाध्य भएर सभ्य नागरिक चोर फटाह मध्यमा कुन अल्ली कम छ भनि मत दिनुपर्ने वाध्यता र गरिव तथा सोझा जनतालाई कुन चाँहिले कति प्रलोभनमा पार्नसक्ने त्यसका आधारमा चुनिएका यस किसिमको राजनैतिक संरचना वाट बिकासको आस गर्नु बेकार छ ।
प्रसंग मानव तस्करी र मोलमोलाइको बावुले साहुकोमा लिएको ऋण चुक्ता गर्न वसेका कमलरी, साहुकोमा भाँडा माझेर घरमा खर्च पठाउने बाल मजदुर, दलाल तथा नातेदारवाट सिमित पैसामा बेचिएका देहव्यापारी महिला, खाँडि मुलृकमा दोहोरो कमिसन र लुटका भरमा दक्ष जनशक्तीको व्यापार गर्ने बैदेशिक रोजगारका नाममा खोलिएका मेनपावरका दलालहरु, कन्सल्टेन्सीका नाममा शैक्षिक मेनपावरलाई किर्ते कागजको र नेपाल सरकारको आधिकारीक लोगो र छापको दुरुपयोग गरि विदेशमा प्रलोभनमा पारी कमिसन र कन्सल्टेन्सी चार्जको नाममा लाखौँ असुल्ने दलालहरु सवै मानव तस्करका हिमायति हुन् र यी हिमायतिलाई साथ दिने सरकारलाई हाँक्ने दलालको पनि नाइके भनेको राजनैतिक दल र यसका नेता नै हुन् ।
मानव मोलमोलाइको सिकारको कुनै आधिकारिक तथ्याङक छैन किनभने यसका लागि कुनै गैह्सरकारी सँस्थाले पहल गरेको पनि छैन र यस किसिमको प्रस्तावना लाई लाखौँ डलर समेत सायद आउदैन होला । प्रशंग गैह्सरकारी सँस्थाको आउदा नेपालमा दुर्गम क्षेत्रको नाममा मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल विकासक्षेत्रका अधिकांश क्षेत्रमा हरेक गाँउ गाँउमा गैह्रसरकारी सँस्थाको कार्यक्षेत्र रहेको छ गाँउका १, २ जनालाई सामान्य पैसामा कार्यकर्ता चुनेर राख्ने सिवाय कुनै कार्य यस सँस्थाका मानिसले गर्दैनन् काल्पनिक तथ्याङक तयार पार्यो अनी गोष्ठि र पत्रकार सम्मेलन चाँही काठमाडौको तारे होटलमा गरी काल्पनिक तथ्य र प्रीजेन्टेसन स्लाइडमा देखाउन मात्र अगाडी देखिने गैह्र सरकारी सस्थाका नाइके दलालहरु यस्ता झिनामिना कुरामा कहाँ तथ्याङक निकाल्न फुर्सद होला र , अनुमान गर्दा लगभग न्यून आय भएका व्यक्तिहरु सवै कुनै न कुनै तस्करको मोलमोलाइमा परेको छ जस्तो लाग्छ । कसैलाई भारतको पहाडी मुलुकमा लगेर सडक निर्माण तथा निर्माण सम्बन्धी कार्यमा ठेकेदारी गरी कमिसनको भरमा न्यून ज्यालामा जनशक्ति वेच्ने, नेपालकै विभिन्न निर्माण सम्वन्धी कार्यमा ठेकेदार मार्फत कमिसनमा विक्रि गरिएका मानव त्यसै गरी भारतीय वजार तथा नेपालका वजारमा यौनिक कार्यका लागि वेचिएका चेलीहरु मात्र नभइ सभ्य र सम्पन्न परिवारमा समेत यस किसिमको तस्करी हुने देखिन्छ चाहे त्यो परम्पराको नाममा होस् चाहे खोक्रो प्रतिष्ठिाको नाममा छोरा छोरीको विवाह उनिहरुको इच्छा वेगर गरी उनिहरुलाई प्रतिष्ठाको आडम्बमा विक्री गरिन्छ यो पनि एक किसिमको ब्यापारकै स्वरुप हो जसले गर्दा विभिन्न विकृती भित्राएको छ चाहे लागू औषधको होस् चाहे अन्य कुलतको जसले देशको कर्मठ जनशक्तिलाई निश्काम नै बनाउछ । जे जस्तो भए पनि यस किसिमको परिपार्टीलाई परिवर्तन गर्नु हामी युवाको कर्तव्य हो र आजै देखि यस पक्षलाई मनन् गर्नु जरुरी छ ।
मानिस अध्ययन गर्छ ज्ञानले भरिपुर्ण हुन्छ, समाजमा ज्ञानगुनको कुरा बाड्छ तर उ कहिल्यै समाज परिवर्तन र सामाजिक सुधारमा अगाडि बढ्न सक्तैन किनभने हाम्रो देशको सम्पुर्ण व्यवस्था यती सम्म विग्रेको छ कि १, २ जनाले परिवर्तनको कुरालाई अगाडी बढाउदा उसको ज्यान नै दलालको फन्दामा पर्न जान्छ । यहाँ सम्म की शैक्षिक क्षेत्र समेत दलालको दलदलमा फसेको अवस्थामा विश्वको परिवर्तन र नेपालको सम्भावनालाई अवलोकन गर्दा परिवर्तन हुन ढुलै उथलपुथल आवश्यक देखिन्छ । युवा जनशक्ती विदेशी भुमिमा विद्यार्थी भिषामा कल्सल्टेन्सीको फन्दामा किर्ते कागजातको भरमा विदेशिनु भन्दा तथा मेनपावरका दलाललाई लाखौँ पैसा खुवाएर वैदेशिक रोजगारमा जानु भन्दा आफ्नो आफ्नो ठाउ, अध्ययन गरेको क्षेत्रमा सामुहिक एउटा वलियो संगठन निर्माण गरि दलाललाई खुवाउने पैसा सामुहिक रुपमा संकलन गरी जस्तो सुकै कार्य गरी केहि समयमा नै विदेशको भन्दा वढी आम्दानी गर्न र देशको आर्थीक सुधार एवम् समाजको सुधारमा सहयोग आजै किन नगर्ने ?? विदेश जानुनै छ भने पनि कामदारको रुपमा हैन पर्यटक भएर जाने नी । तसर्थ आजै वुद्धिजिवी सर्कलले सोच्नु पर्ने वेला आएको छ । तस्करको फन्दामा परेका सम्पुर्ण व्यक्तीहरु एकजुट भइ यस किसिमको परिपार्टीको विनास गरी दलाललाई आफ्नो कुकर्मको पूर्ण आभाष गराई सत्कर्ममा लगाउन लागि पर्नुनै युवा पुस्ता तथा यस सताब्धिका कर्मठ र सबल युवाको अभिभारा हो ।

प्रतिक्रियाको प्रतिक्षामा ———
अन्जान पौडेल
विद्यार्थी राजनैतिक शास्त्र एम. ए. (त्रि. वि. काठमाडौँ)