साभार - युवामञ्च माघ, २०६८ | ||||||
|
online Loksewa preparation Help, online information sharing, free article publishing and many more......
Wednesday, January 8, 2014
Lok sewa tayari tips
Monday, January 6, 2014
17 push budhabar gorkhapatra
- • राष्ट्रिय जनगणना २०६८ अनुसार मातृभाषा नेपाली भएका कति प्रतिशत नागरिक छन् ?
– ४४.६ प्रतिशत
• विश्वमा बोल्ने चलनचल्तीका भाषामध्ये नवौं स्थानमा कुन भाषा पर्छ ?
– पञ्जावी
• अष्ट्रेलिया सरकारले आधिकारिक वेबसाईटमा उल्लेख भए अनुसार विश्वका उत्कृष्ट सय विश्वविद्दालय मध्ये अष्ट्रेलियामा कति विश्वविद्दालय पर्दछन् ?
– ७ वटा
• अष्ट्रेलियामा कति मुलुकका विद्दार्थीहरु अध्ययन गर्ने गर्दछन् ?
– १३० भन्दा बढी
• हाल अष्ट्रेलियामा कति प्रतिशत नागरिक साक्षर छन् ?
– ९९ प्रतिशत
• नेल्सन मन्डेलाको आत्मकथाका लेखक सहयोगी को हुन् ?
– रिचार्ड स्टेङ्गल
• समयको तस्विर नामक निबन्ध संग्रहकी लखिका को हुन् ?
– शारदा शर्मा
• नेपालका कुन कवि विम्व कवि का रुपमा पनि परिचित छन् ?
– रमेश श्रेष्ठ
• २०७० सालको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार ( रु ७५ हजार ) दुई जनालाई प्रदान गरेकोमा एक महेन्द्र थापा हुन भने अर्का पत्रकार को हुन् ?
– प्रकाश सिलवाल
• शान्तिका लागि शिक्षा अभियान बोकेर देशव्यापी साङ्गीतिक यात्रा गर्दै हिडिरहेको कुन नेपाली साङगीतिक समूह हो ?
– नेपथ्य
• नेपालको कुन ठाउँमा फिल्म सिटी निर्माण गरिनेभएको छ ?
– दोलखाको लाँकुरीडाँडाँस्थित डाङडुङ्े डाँडामा
• सन् २०१३ को ३२ औं अन्तराष्ट्रिय हात्तीपोलोको उपाधि ईएफजी टिमले जित्यो भने सो टिम कुन मुलुकको हो ?
– स्विजरल्याण्ड
• नेदरल्यान्डमा व्यवसायिक खेलाडी अनुबन्ध हुन कति बर्ष उमेर पुगेको हुनुपर्छ ?
– १८ बर्ष
• सन् २०१३ को आईसीसी बर्ष खेलाडी को घोषित भए ?
– माइकल क्लार्क
• सन् २०१३ को आईसीसी टवान्टी २० को उत्कृष्ट खेलाडी को घोषित भए ?
– उमर गुल ( पाकिस्तानी क्रिकेटर )
• सन् २०१३ को आईसीसी महिलातर्फको एकदिवसियको उत्कृष्ट खेलाडी बनेकी सुजी बेट्स कुन देशकी हुन् ?
– न्युजिल्यान्ड
• २०७० सालको एनसेल कप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी भई कसले मोटरसाईकल पुरस्कार प्राप्त गरे ?
– अमीरजंग कार्की
• आन्तरिक हवाई यात्रुले तिर्दै आएको विमानस्थल प्रयोग शुल्क ( एयरपोर्ट ट्याक्स ) कहिलेदेखि मुलुकभर टिकटमै समावेश गरिने भएको छ ?
– वि.सं २०७० माघ १ गते
• सोयाविनको तेल नेपालमा कुन दुई मुलुकबाट आयात हुन्छ ?
– ब्राजिल र अर्जेन्टिना
• नेपाली बजारमा सोयाविन तेलको बजार हिस्सा कति प्रतिशत रहेको छ ?
– ६५ प्रतिशत
• वि.सं २०६९ चैत्र २० गते मनाईएको ५६ औ अन्तराष्ट्रिय सहकारी दिवसको नारा के रहेको थियो ?
– स्वाधीन अर्थतन्त्रका लागि सहकारी
• नेपालको विकट जिल्ला मुगु कहिलेदेखि सडक सञ्जालमा जोडिएको हो ?
– वि.सं २०६९ पौष १ गते
• नेपालले भारतसँग लगानी प्रर्बदन सम्झौता ( BIPPA ) कहिले गरिएको थियो ?
– सन् २०११ अक्टोबर २१
• सबैभन्दा बढी क्षेत्रफल भएको औद्दोगिक क्षेत्र हेटौडा हो भने सबैभन्दा कम क्षेत्रफल भएको औद्दोगिक क्षेत्र कुन हो ?
– धनकुटा
• विलास मन्दिरका नामले नेपालको कुन दरबारलाई चिनिन्छ ?
– बसन्तपुर दरबार
• यूनेस्को दिवस कहिले मनाईन्छ ?
– नोभेम्बर ४
• चारकुने मुद्राको चलन चलाउने राजा को हुन् ?
– प्रताप मल्ल
• इन्टरपोलको ८२ औं महासभा कहिले र कहाँ बसेको थियो ?
– सन् २०१३ अक्टोबर २१ – २४, कोलम्बियाको कोर्टगेना शहर
• मानव विकास प्रतिवेदन २०१३ मा नेपाल कतिऔ स्थानमा रहेको छ ?
– १५७ औं ( अकं ०.४६३ )
• विश्वको सबैभन्दा पुरानो अन्न भटमास,धातु तामा भए सबैभन्दा पुरानो खेल कुन हो ?
– पोलो
Reading Habbit
पढ्ने बानीको विकास गराउन केही उपाय :
१ कम बोल्नुहोस् बढी सोच्नुहोस् । मौनता नै सर्वोत्तम जप हो ।
२. हातमा सधैँ किताब बोक्ने बानी गर्नुहोस् चाहे त्यो देखाउनलाई मात्रै किन नहोस् ।
३. पुस्तकलाई टेलिभिजन, टेलिफोन, सुत्ने कोठा या भोजनगृहमा पनि आफू छेउमा राख्नुहोस् र बेला-बेलामा किताबको शीर्षक र त्येसमा भएका बिषयबस्तुहरु सम्झने र त्येस्लाई अबलोकन गरिहाल्नुस ।
४. बस बिसौनी, श्रृङ्गारगृह, प्लेटर्फम, चिकित्सालय आदिको लाममा पनि पुस्तक बोक्नुहोस् ।
५. अनौपचारिक व्यक्तिसँगको भलाकुसारीहरूमा पनि पुस्तक छेउमा राख्नुहोस् ।
६. कामको कम तनाब भएको बेला वा फुर्सदको बेलामा पुस्तक पढ्नुहोस् ।
७. केही लेख्न लागेका बेला पनि पुस्तक छेउमा राख्नुहोस् ।
८. सामान्यतयाः पढ्ने आदत बिहानको समयमा बसाउनुहोस् र सम्भव भएसम्म सबै पत्रपत्रिकाहरू पढ्ने गर्नुहोस् ।
९. पुस्तक उपहार दिनुहोस्, पुस्तक बाँड्नुहोस्, पुस्तक मेला वा पुस्तक प्रदर्शनीहरूमा घुम्नुहोस् र पुस्तकको कुरा गर्नुहोस् ।
पुस्तक ज्ञानको भण्डार हो तसर्थ हामी सबैले आजैका मितिबाट पढ्ने आदतको निर्माण गरौँ ।
धन्यवाद
Sunday, January 5, 2014
Welcome to this blog!
This is our public blog...
please send your article and publish..............
Thank you
Admin
please send your article and publish..............
Thank you
Admin
Subscribe to:
Posts (Atom)
Online loksewa preparation & others
Online Loksewa Prepration & other Literature Related post