Monday, January 6, 2014

Reading Habbit

पढ्ने बानीको विकास गराउन  केही उपाय :
१ कम बोल्नुहोस् बढी सोच्नुहोस् । मौनता नै सर्वोत्तम जप हो ।
२. हातमा सधैँ किताब बोक्ने बानी गर्नुहोस् चाहे त्यो देखाउनलाई मात्रै किन नहोस् ।
३. पुस्तकलाई टेलिभिजनटेलिफोनसुत्ने कोठा या भोजनगृहमा पनि आफू छेउमा राख्नुहोस् र बेला-बेलामा किताबको शीर्षक र त्येसमा भएका बिषयबस्तुहरु सम्झने र त्येस्लाई अबलोकन गरिहाल्नुस ।
४. बस बिसौनीश्रृङ्गारगृहप्लेटर्फमचिकित्सालय आदिको लाममा पनि पुस्तक बोक्नुहोस् ।
५. अनौपचारिक व्यक्तिसँगको भलाकुसारीहरूमा पनि पुस्तक छेउमा राख्नुहोस् ।
६. कामको कम तनाब भएको बेला वा फुर्सदको बेलामा पुस्तक पढ्नुहोस् ।
७. केही लेख्न लागेका बेला पनि पुस्तक छेउमा राख्नुहोस् ।
८. सामान्यतयाः पढ्ने आदत बिहानको समयमा बसाउनुहोस् र सम्भव भएसम्म सबै पत्रपत्रिकाहरू पढ्ने गर्नुहोस् ।
९. पुस्तक उपहार दिनुहोस्पुस्तक बाँड्नुहोस्पुस्तक मेला वा पुस्तक प्रदर्शनीहरूमा घुम्नुहोस् र पुस्तकको कुरा गर्नुहोस् ।
पुस्तक ज्ञानको भण्डार हो तसर्थ हामी सबैले आजैका मितिबाट पढ्ने आदतको निर्माण गरौँ ।
धन्यवाद 

No comments:

Post a Comment

Thanks for comment!
Admin

Online loksewa preparation & others

Online Loksewa Prepration & other Literature Related post

chitika